काठमाडौं । लक्ष्मी स्टील्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८१ लाख ७५ हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले पुष २९ गते साधारणसभा बोलाएको छ । उक्त सभाले लाभांश पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुविधानगर तीनकुने काठमाडौंमा अपरान्ह १२ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।