×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको नगद लाभांश घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको नगद लाभांश घोषणा

Artha Sarokar

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कर सहित ६.४० प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकको पुष ३ गते मंगलबार बसेको संचालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । महलक्ष्मीले लाभांश वापत २६ करोड ६९ लाख ६४ हजार ३ सय ९० रुपैयाँ ४० पैसा वितरण गर्ने भएको छ ।

प्रस्तावित लाभांश  नियामक नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण गरिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी