×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुलभ फार्मेसी’ सञ्चालन गर्न भाडामा घर खोज्दै महानगर

PRIME CA
GLOBAL IME BANK

‘सुलभ फार्मेसी’ सञ्चालन गर्न भाडामा घर खोज्दै महानगर

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फार्मेसी सञ्चालन गर्न भाडामा घर खोजेको छ । महानगरपालिकाले नगरवासीलाई सस्तोमा औषधि बेच्नका लागि महानगरका चार स्थानमा भाडामा घर खोजेको हो ।

महानगरले ‘सुलभ फार्मेसी’ सञ्चालनका लागि घर भाडामा खोजेको सूचना गोरखापत्रमा सार्वजनिक गरेको छ । महानगरको स्वास्थ्य विभागले महानगरभित्रका चार स्थानमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर भाडामा दिने प्रस्तावको १५ दिने सूचना प्रकाशित गरेको हो ।

महानगरले सार्वजनिक गरेको सूचना अनुसार वडा नम्बर ३ महाराजगञ्ज क्षेत्र, वडा नम्बर २२ वीर अस्पताल क्षेत्र, वडा नम्बर १३ कालिमाटी क्षेत्र र वडा नम्बर २६ लैनचौर क्षेत्रमा फार्मेसी सञ्चालन गर्नेछ ।

‘सुलभ फार्मेसी’का लागि महानगरले भाडामा लिने घरको क्षेत्रफल न्यूनतम ८ सयदेखि १२ सय वर्गफिट भएको, कम्तीमा ३ वटा कार तथा पाँच वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान भएको हुनुपर्नेछ भने मुख्य सडक वा कम्तीमा ६ मिटर फराकिलो सडकको किनारा रहेको घर हुनुपर्नेछ ।

महानगरको स्वास्थ्य विभागका अनुसार महानगरले यसअघि नै बबरबहलमा एक ठाउँमा फार्मेसी सञ्चालनको लागि घर पाइसकेकोले अन्य चार ठाउँका लागि घर भाडामा खोजिएको हो । महानगरले माघदेखि नगरवासीका लागि सस्तो औषधि बेच्ने ‘सुलभ फार्मेसी’ सञ्चालन गर्ने जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: