×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गभर्नर अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी

Artha Sarokar

१३ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

साथै, सर्वोच्च अदालतले अन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न दुबै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको छ ।

बिहीबार गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी