Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंककी कर्मचारीले गरिन् एमबिएस टप, स्वर्ण पदक दिइने

अर्थ सरोकार

काठमाडौँ । एमबिएस टप गर्ने राष्ट्रिय वाणिज्य बैंककी कर्मचारी ममता सापकोटाले स्वर्ण पदक पाउने भएकी छिन् । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा सापकोटाले स्वर्ण पदक प्रदान गरिने भएको हो । 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको ४९औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावलीमा सापकोटाको नाम परेको हो । सापकोटाले एमबिएस परीक्षामा ३.८७ जिपिए ल्याएकी थिइन् । उनलाई नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कारबाट सम्मानित गरिने भएको छ । 

सो पदक सापकोटालाई पुष २ गते दशरथ रंगशालामा हुने दीक्षान्त समारोहमा प्रदान गरिनेछ । उनीसँगै विश्वविद्यालयबाट विभिन्न तह एवम् विषयका उत्कृष्ट विद्यार्थीहरुलाई पदक एवम् पुरस्कार प्रदान गरिनेछ ।

यसपटक त्रिविले हरेक वर्ष प्रदान गर्दै आएको कुलपति पदक भने वितरण नगर्ने भएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK