×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाईनान्सको लाभांश घोषणा, नगद कति ?

PRIME CA
GLOBAL IME BANK

मञ्जुश्री फाईनान्सको लाभांश घोषणा, नगद कति ?

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मञ्जुश्री फाईनान्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको  मुनाफाबाट ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८०को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५.२६३ प्रतिशतले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: