Skip to content
LAXMI SUNRISE BANK

सिरहाका मिटरब्याज पीडितद्वारा छलफल बहिस्कार !

अर्थ सरोकार

काठमाडौं । सिरहा जिल्लाका मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफल बहिष्कार गरेका छन् । छलफलमा प्रशासन पीडितहरुको विपक्षमा देखिने गरेको भन्दै उनीहरुले छलफल बहिष्कार गरेका हुन् ।

बिहीबार सिरहामा बसेको मिटरब्याज पीडितहरुको बैठकले प्रहरी प्रशासन मिटरब्याजीबाट प्रभावित भइ पीडितहरुको विपक्षमा देखिने गरेको भन्दै छलफल बहिष्कार गर्ने निर्णय गरेको हो ।

मिटरब्याज पीडित संघर्ष समितिको निर्णयमा लेखिएको छ, ‘पीडितको घरमा आगो लगाउने, लागूऔषधको कारोबारी रहेको भनेर फसाउने, जग्गा हडप्ने, लगाएको बालिनाली नष्ट गरिदिने, न्यायालय परिसरमा गालीगलौज तथा कुटपिट गर्ने, कानुनसम्म व्याज नलिई चर्को ब्याज लिने जस्ता जघन्य अपराधमा समेत प्रहरी प्रशासन मूकदर्शक भएर सीडीओ र सुरक्षा निकाय बस्ने गरेको छ । यही अवस्थामा हामी प्रजिअ र सहप्रजिअको रोहबरमा हुने छलफल पूर्णरुपले बहिस्कार गर्ने निर्णय गरेका छौं ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK