×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ कृषि कम्पनी नेप्सेमा सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुक्तिनाथ कृषि कम्पनी नेप्सेमा सूचीकृत

Artha Sarokar

२८ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको बिहीबारदेखि विधिवत रुपमा नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुन लागेको हो ।

कम्पनी स्थापनाको ५ वर्ष भित्रमा सर्वसाधारणमा सेयर निष्काशन गरी निजी क्षेत्रबाट कृषिमा योगदान दिन पहिलो पब्लिक लिमिटेडको रुपमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा रहेको छ ।

स्थानीय सरकार, सामुदाय र सहकारी संस्थाहरुसंगको साझेदारी तथा सहकार्यमा स्थानीय माग र आवश्यकता बमोजिमको कृषि सम्बन्धी सेवाहरु प्रदान गर्न कम्पनीले सातै प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालयहरु स्थापना गरी सकेको छ भने, ७७ ओटै जिल्लाहरुमा ४०० भन्दा बढी व्यवसायिक साझेदारहरु मार्फत पहूँच विस्तार गरिसकेको छ ।

कृषि उत्पादन वृद्धिको लागि आवश्यक पर्ने सबै प्रकारका श्रोत साधनहरुको गुस्तरीय उपलब्धता, उत्पादित कृषि उपजहरुको बजार व्यवस्थापन र विशेषज्ञ प्राविधिक परामर्श सेवा सहितको सेवाहरु प्रदान गर्न संस्थागत संरचना नै दीगो र पारदर्शी हुने भएकोले मुक्तिनाथ कृषि कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा अगाडि आएको एक विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालनमा ल्याउन योगदान र सहयोग गरेका कम्पनी व्यवस्थापन समूह, नियमक निकायहरु, कम्पनी रजिष्ट्रारको कार्यालय, धितो पत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, लगायत सम्पूर्ण शुभेच्छुकहरुमा कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी