Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंक र उपाय बिजनेश सोलुसन्सबीच व्यवसायिक सम्झौता

अर्थ सरोकार

काठमाडौं । नबिल बैंक लिमिटेड र उपाय बिजनेश सोलुसन्सबीच व्यवसायिक सम्झौता भएको छ । ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकका ग्राहकहरुलाई सहयोग गर्ने सम्झौता भएको हो ।

उक्त साझेदारी अन्तर्गत, बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय विजनेश सोलुसन्सको सेवा लिन सक्नेछन् । उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ ।

नविल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंकका एसएमई एण्ड माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले भने, ‘नविल बैंक, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि आकर्षक ब्याजदरमा यथाशिघ्र ऋण उपलब्ध गराउनुका साथै विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ। हामीलाई आशा छ कि यो साझेदारीले साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापन पूर्णता प्रधान गर्नेछ ।’

त्यस्तै, उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले भनिन्, ‘नविल बैंकसँगको सहकार्यले उद्यमीहरूलाई निकै फलदायी हुनेछ । उपायले कर्जा सम्बन्धी सेवाहरूका साथै वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन सम्बन्धी व्यवसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएकोछ र यो साझेदारीले पनि थप मद्दत पुर्याउनेछ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK