काठमाडौं । नाडाको अध्यक्षमा करण चौधरीलाई पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले पनि समर्थन गरेका छन् ।
अध्यक्षका आकांक्षीहरु करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच सहमति जुटेपछि त्यही सहमति अनुसार अध्यक्षमा करण र वरिष्ठ उपाध्यक्षमा आकाश हुने तय भएको थियो।
तर पछिल्लो समय सो सहमतिविरुद्ध पूर्व उपाध्यक्ष डल्लाकोटीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि फेरि चुनावी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो। सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो।
तर बिहीबार नाडाका नेतृत्व अहिलेको समयमा चुनावी प्रक्रियाभन्दा सहमतिमै चयन हुनुपर्छ भन्ने धारणा अनुरुप, नवराज डल्लाकोटीले पनि चौधरीलाई नै अध्यक्षको रुपमा समर्थन गरेका छन् । सो समर्थनपछि करण चौधरी नै नाडाको अध्यक्ष हुने पक्का भएको छ भने यहि सहमति पछि चुनाव नहुने पनि पक्का भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्