×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाफिजको वार्षिकोत्सवमा ५ जना पत्रकार पुरस्कृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नाफिजको वार्षिकोत्सवमा ५ जना पत्रकार पुरस्कृत

Artha Sarokar

१७ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नाफिजको वार्षिकोत्सवमा पाँच जना पत्रकार पुरस्कृत भएका छन् । संस्थाको १४औँ वार्षिक साधारणसभाको अवसरमा आर्थिक, सहकारी, कृषि र बीमा विषयमा पाँच जना पत्रकार पुरस्कृत भएका हुन् ।

नाफिजले भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको सहकार्यमा हरेक वर्ष प्रदान गर्दै आएको ‘भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ बाट अन्नपूर्ण पोस्टका पत्रकार रोविन पौडेल पुरस्कृत भएका छन । पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको थियो ।यसैगरी, भरतमोहन अधिकारी सहकारी पत्रकारिता पुरस्कार विकास न्यूज डटकमका सीआर भण्डारीले प्राप्त गरेका हुन् । निर्जीवन बीमा व्यवसायी संघको सहकार्यमा यसै वर्षदेखि प्रदान गरेको ५० हजार राशीको ‘जिर्वीवन बीमा व्यवसायी संघ-नाफिज बीमा पत्रकारिता पुरस्कार’ बिमापोस्ट डटकमकी रिना खत्री र अर्थलगानीकी भिमा पन्थीले संयुक्त रुपमा प्राप्त गरेका छन् ।

त्यस्तै, ५० हजार राशीकै ‘जिर्वीवन बीमा व्यवसायी संघ-नाफिज कृषि पत्रकारिता पुरस्कार’ उकालो डटकमका रितेश त्रिपाठीले प्राप्त गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी