काठमाडौँ । सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका नाममा कारण देखाउ आदेश जारी गरेको छ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहद्वारा दायर गरिएको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालते विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले सिंहद्वारा जारी रिटको सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । एनसेलका नाममा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्च अदालतले पुष १६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
लामो समयदेखि ‘हेर्न नभ्याइने’मा पर्दै आएको उक्त मुद्दाको मंगलबार सुनुवाइ भएको हो । सांसद सिंहले सर्वोच्चमा एनसेलको सेयर खरिदबिक्री नेपालको कानुनविपरित भएको र राज्यलाई हानी पुग्ने गरी अपारदर्शी भएको दाबी गर्दै रिट दायर गरेका थिए । उक्त रिटमा सांसद सिंहले एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्री कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।
यता मंगलबार बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पनि एनसेलको सेयर कारोबारमा कुनै स्वीकृति नदिन निर्देशन दिएको छ । साथै समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुलउपर गर्न पनि नेपाल सरकारलाई निर्देशन दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्