×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेल किन्ने-बेच्नेबारे अदालतमै अन्यौल, वास्तविक ठेगाना नभेट्दा म्याद तामेलीमा समस्या, सुनुवाइ लम्बिने पीर !

PRIME CA
GLOBAL IME BANK

एनसेल किन्ने-बेच्नेबारे अदालतमै अन्यौल, वास्तविक ठेगाना नभेट्दा म्याद तामेलीमा समस्या, सुनुवाइ लम्बिने पीर !

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । उच्च अदालत पाटनमा एनसेलको ८० प्रतिशत सेयर किन्ने र बेच्नेको वास्तविक ठेगाना नखुल्दा म्याद तामेलीमा समस्या भएको छ । एनसेल खरिदबिक्रीमा संलग्न भनिएका स्पेक्ट्रलाइट युके र आजियाटाको वास्तविक ठेगाना पत्ता नलाग्दा समस्या भएको हो ।

गोकुलबहादुर रोकायले दायर गरेको रिटमा उच्च अदालतले कारण देखाउ आदेश जारी गरे पनि छलफल अघि बढ्न भने सकेको छैन ।

एनसेल खरिद गर्ने र बिक्री गर्नेको वास्तविक ठेगाना पत्ता नलाग्दा सुनुवाइ रोकिएको छ । छलफलका लागि बोलाइए पनि स्पष्ट ठेगाना नखुल्दा र एनसेल किन्ने र बेच्ने दुवै कम्पनीको ठेगाना नहुँदा तोकिएको समयमा म्याद तामेली हुन सकेको छैन । यसले एनसेलको सेयर खरिदबिक्रीबारे अदालतमा परेको रिटको सुनुवाइ लम्बिएको छ । स्पष्ट ठेगाना नखुल्दासम्म सुनुवाइ अझै लम्बिने देखिएको छ ।

रिट निवेदक रोकायाले गत मंसिर २० गते नै एनसेलको सेयर खरिदबिक्री रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए । त्यसपछि अदालतले उक्त रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षबीचको छलफलका लागि मंसिर २५ गते पेशी तोकेको थियो ।

तर, मंसिर २५ गते अदालतबाट म्याद तामेल हुन नसेपछि पुनः पुष २ गतेका लागि अर्को पेशी तोकिएको थियो । तर, सो दिन पनि अदालतबाट म्याद तामेल हुन सकेन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: