×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रमः स्वास्थ्य सेवा प्रणालीको डिजिटल रूपान्तरणमा क्रान्ति

LAXMI SUNRISE BANK
GLOBAL

एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रमः स्वास्थ्य सेवा प्रणालीको डिजिटल रूपान्तरणमा क्रान्ति

१ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । एनसेलले धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम गरेको छ । यो सेवा देशमा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा कोशेढुंगा र क्रान्ति भएको कम्पनीको दाबी छ ।

उक्त कार्यक्रमको सफलतासँगै बागमती प्रदेश सरकारले पनि टलिमेडिसिन सेवालाई अन्य अस्पताल र स्वास्थ्य केन्द्रमा पनि लागू गरेको छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) पहल अन्तर्गत सन् २०१९ मा प्रविधि तथा तथ्यांकमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूरदराजका सेवाबाट बन्चित समुदायहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ यो कार्यक्रम सुरू गरेको थियो।

पहलको कार्यान्वयनसँगै ग्रामीण भेगका १५ हजारभन्दा बढी घरधुरीका ८० हजारभन्दा बढी स्थानीयवासीहरूले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पाएका कम्पनीले जनाएको छ ।

सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका धुलिखेल अस्पताल अन्तर्गतका चार सामुदायिक स्वास्थ्य केन्द्रहरूमार्फत् कार्यक्रम सञ्चालनमा छन् । स्थानीयहरूले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरूको उपचार सेवा पाइरहेका कम्पनीको भनाइ छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘यो कार्यक्रमले हामीले समुदायको विकासमा कसरी योगदान पुर्‍याएका छौं भन्ने उजागर गर्छ। यहाँ म ‘हामी तपाइँकै लागि’ भन्ने हाम्रो ब्रान्ड थिम पुनः दोहोर्‍याउन चाहन्छु। यसको अर्थ एनसेल नेपाल र नेपालीको सेवा र विकासमा योगदान पुर्‍याउन प्रतिवद्ध छ।’

‘डिजिटल राष्ट्र निर्माण र इको–सिस्टमको रूपान्तरणमा योगदान पुर्‍याउँदै, प्रविधि र डेटामा आधारित स्वास्थ्य सेवा विधिहरू प्रयोग गरी गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न पाउँदा अत्यन्तै खुसी छौं,’ उनले  भने ।

कम्पनीका अनुसार यो कार्यक्रमको विशेषता भनेको व्यक्तिगत स्वास्थ्य कार्यक्रम अर्थात् पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पिएचपी) हो। जस अन्तर्गत कार्यक्रम सञ्चालन भएका क्षेत्रका स्थानीयहरूले व्यक्तिगत स्वास्थ्य सेवा पाउँछन् । सामुदायिक स्वास्थ्य केन्द्रहरूले त्यहाँका स्थानीय मानिसहरूको स्वास्थ्यसम्बन्धी नियमित जाँच र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्दछन् र साथै उनीहरूको स्वास्थ्यमा सुधार गर्नका लागि तथ्यांकमा आधारित भई आवश्यक कार्यहरू पनि गरिन्छ ।

धुलिखेल अस्पतालका पब्लिक हेल्थ एन्ड कम्युनिटी प्रोग्राम डाइरेक्टर डा. विराज कर्माचार्यले भने, ‘एनसेल र धुलिखेल अस्पतालको यो सहकार्यले दूरदराजका समुदायहरूलाई स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा क्रान्ति नै ल्याएको छ ।’

‘बागमती प्रदेश सरकारले धुलिखेल अस्पतालको सहकार्यमा रामेछापको मन्थली अस्पताल, रसुवाको जिवजिवे ग्रामीण अस्पताल, सिन्धुलीको लाम्पनटर प्राथमिक स्वास्थ्य केन्द्र, धादिङको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र नुवाकोटको खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा रेप्लिकेट गरेको छ। यी अस्पतालहरू र स्वास्थ्य केन्द्रहरूका लागि धुलिखेल अस्पतालले एक हब अस्पतालको रुपमा रही सेवा प्रदान गर्दैछ र यसले १ लाख ५० हजारभन्दा बढी स्थानीयहरूलाई टेलिमेडिसिन सेवाको लाभ दिनेछ,’ उनले भने ।

एनसेलको सीएसआर अन्तर्गत स्वास्थ्य क्षेत्र उच्च प्राथमितामा रहेको क्षेत्रहरु मध्ये एक भएको जनाईएको छ । डिजिटल प्रविधिमा आधारित भई यस किसिमको स्वास्थ्य सेवा प्रदान गर्न एनसेलले २०१९ देखि धुलिखेल अस्पतालसँग सहकार्य गर्दै आएको छ र एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेल धेरै भन्दा धेरै जन समुदायलाई लाभ लिने सामाजिक कार्यहरु गर्न प्रतिवद्ध रहेको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी