×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एयरलाइन्सको आम्दानी पाँच अर्ब ७८ करोडले बढ्यो

PRIME CA
GLOBAL IME BANK

नेपाल एयरलाइन्सको आम्दानी पाँच अर्ब ७८ करोडले बढ्यो

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एक वर्षमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आम्दानी ३५ प्रतिशतले बढेको छ । निगमले जारी गरेको विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७९/८० निगमको आम्दानी २२ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । निगमले गत आर्थिक वर्ष २०७९/८० मा गरेको आम्दानी अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा पाँच अर्ब ७८ करोड अर्थात ३५ प्रतिशत बढि हो ।

यसो त निगमले आर्थिक वर्ष २०७८/७९ मा १६ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन आर्थिक वर्ष २०७७/७८ को तुलनामा ८० प्रतिशत बढि हो ।

निगमले आर्थिक वर्ष २०७७/७८ मा ९ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, निगमले जारी गरेको विज्ञप्तिमा सञ्चालन नाफा घाटाको बारेमा भने खुलाइएको छैन । निगमले जारी गरेको विज्ञप्ति अनुसार निगमले आर्थिक वर्ष २०७७/७८ को तुलनामा १४४ प्रतिशत धेरै आम्दानी गरेको छ । निगमको आम्दानी बढ्नुमा नयाँ व्यवस्थापको मुख्य भूमिका रहेको निगमले जनाएको छ ।

यद्यपि निगमले बजारको माग र आवश्यकता पूरा गर्नका लागि र प्रतिस्पर्धाका लागि जहाजको संख्या बढाउन आवश्यक रहेको औँल्याएको छ । हाल निगमले जहाज थप्ने प्रक्रिया अगाडि बढाइसकेको छ । यसले पनि भविष्यमा थप सहयोग पुग्ने निगमले अपेक्षा गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: