×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनामा नर्सदेखि प्राविधिकसम्म १२५ जनाका लागि जागिर खुल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाली सेनामा नर्सदेखि प्राविधिकसम्म १२५ जनाका लागि जागिर खुल्यो

Artha Sarokar

२९ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले मेडिकल, हवाई सेवा लगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १ सय २५ जना कर्मचारीका लागि जागिर खुलाको हो ।

शुक्रबार सेनाले एक सूचना प्रकाशित गर्दै हवाई सेवा, मेडिकल, प्राविधिकलगायत विविध पदमा १ सय २५ जना कर्मचारी मागेको छ ।

सेनाले मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना, सैनिक ब्यान्डतर्फ १४ जना, मर्मततर्फ १२ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी चाहिएको शुक्रबार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै सेनाले जनाएको छ ।

उल्लेखित पदहरूमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरूले सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गते भित्र दरखास्त दिनुपर्ने उल्लेख छ । सेनाले आवेदन दिँदा पदअनुसार फरक–फरक दरखास्त शुल्क तिर्नुपर्ने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी