×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच सम्झौत, वित्तीय व्यापार क्षमता अभिवृद्धि गरिने हेतु  

PRIME CA

नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच सम्झौत, वित्तीय व्यापार क्षमता अभिवृद्धि गरिने हेतु  

१९ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल बैंक लिमिटेड र एक्जिम बैंक इन्डियाबीच सम्झौत भएको छ  । नेपाल बैंकले एक्जिम बैंकसँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतु  ट्रेड एसिस्टेन्स प्रोग्राम (Trade Assistance Program) अन्तर्गत उक्तसम्झौता भएको  हो ।
नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो ।
नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।
दुई संस्थाहरूबीच नोभेम्बर ०७, २०२३ मा भएको हस्ताक्षर कार्यक्रममा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले भने ‘हामी एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौं र आगामि दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरि एक्जिम बैंक इन्डियासंगको सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजनामा छौं’ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: