काठमाडौं । नेपाल लेखामान बोर्ड र नेपाल धितोपत्र बोर्डबीच सम्झौता सम्पन्न भएको छ । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न उक्त सम्झौता भएको हो । सो सम्झौता पत्रमा धितोपत्र बोर्डका तर्फबाट रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट प्रकाश जंग थापाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताको मुख्य उद्देश्य नेपालमा नेपाल सस्टेनएबिलिटी रिपोर्टटिङ्ग स्ट्यानडर्ड (एनएसआरएस) को विकास तथा कार्यान्वयन गर्ने विषय समावेश गरिएको छ। बोर्डले भनेको छ ‘नेपालको सन्दर्भमा सस्टेनएबिलिटी रिपोर्टटिङ्ग नवीन अवधारणा हो, जसले व्यवसायिक अभ्यासहरू वातावरण वा समाजका लागि मात्र नभई व्यापारको लागि पनि राम्रो हुन्छ भन्ने कुरा प्रस्तुत गर्दै वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जवाफदेहिताको जानकारी सुनिश्चित गर्नेछ। नेपाल सस्टेनएबिलिटी रिपोर्टटिङ्ग स्ट्यानडर्ड (एनएसआरएस) विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुनेछ भने नेपाल धितोपत्र बोर्डले सो मान कार्यान्वयन गर्ने आवश्यक भूमिका निर्वाह गर्नेछ। लेखामान बोर्डले सो मानहरुसँग सम्बन्धित प्राविधिक बिषयहरूमा नेपाल धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्नेछ । ‘
जुलाई २०२३ मा इन्टरनेशनल अर्गनाइजेशन अफ सेक्युरिटिज कमिसन (आइओएससीओ) ले आइएसएसबी बाट जारी भएका IFRS S1 र IFRS S2 लाई समर्थन गर्दै आफ्ना सदस्यहरु लाई उक्त मानहरू लागू गर्न आह्वान गरेको छ । नेपाल धितोपत्र बोर्ड आइओएससीओको सदस्य रहेकाले सो मानहरु लागू गर्न प्रतिबद्धता जनाएको छ । साथै Sustainable Development Goals (SDGs) 12 Responsible Consumption and Production मा Sustainability Reporting लागु गरेर दिगो उपभोग र उत्पादन सुनिश्चित गर्नु पर्ने प्रावधान रहेको छ। नेपाल Sustainable Development Goals (SDGs) प्रति प्रतिबद्ध रहेको हुनाले यो सम्झौतालाई महत्वपूर्ण रुपमा लिइएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार नेपालका लागि मानहरु तयार गर्ने जिम्मेवारी लेखमान बोर्डको रहेको हुँदा आगामी आर्थिक वर्ष २०८०।८१ भित्र एनएसआरएसको विकास गर्ने कार्य योजना अनुसार लेखमान बोर्डका अध्यक्ष प्रकाश जंग थापा, एफ.सि.ए.को अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि रहेको Nepal Sustainability Disclosure Standards विकास समिति गठन गरेको छ । उक्त्त समितिमा नेपाल धितोपत्र बोर्डको समेत प्रतिनिधित्व रहेको छ।
धितोपत्र बजार सम्बद्ध संगठित संस्थाहरूबाट प्रवाहित हुनु पर्ने सूचना तथा जानकारीहरू अन्तर्राष्ट्रिय रूपमा प्रचलित असल अभ्यास हुनुपर्नेमा धितोपत्र बोर्ड सदैब सचेत रहेको र सोही अनुसार नेपालमा समेत यस्ता अभ्यास अनुसार कार्य गर्न धितोपत्र बोर्ड प्रतिबद्ध रहेको बोर्डले उल्लेख गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्