×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असोज मसान्तसम्ममा नेपाल लाइफद्वारा ६९.६२ अर्वको दावी भुक्तानी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

असोज मसान्तसम्ममा नेपाल लाइफद्वारा ६९.६२ अर्वको दावी भुक्तानी

२२ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा ६९.६२ अर्व दावी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्व, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्व र अग्रिम दावी भुक्तानी बापत २३.४४ अर्व दावी भुक्तानी गर्दै नेपालको बीमा क्षेत्रमा सर्वाधिक दावी भुक्तानी गर्ने कम्पनीको रुपमा नेपाल लाइफ स्थापित भएको कम्पनीले दावी गरेको छ ।

कम्पनीले २०८० असोज मसान्तसम्ममा १३,५१२ जनाका हकवालाहरुलाई मृत्यु दावी भुक्तानी गरिसकेको छ । कम्पनीले Conventional प्लान अन्तर्गत ११,१७७ जनालाई ३ अर्व ७१ करोड र वैदेशिक रोजगारी तर्फ २,३३५ जनालाई १ अर्व ९७ करोड भुक्तानी गरिसकेको जनाएको छ ।

कम्पनीले आफ्नो दावी प्रक्रियालाई एकदम सहज बनाएको र दावीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको जनाएको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीलाई प्राप्त भएको मृत्यु दावी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दावी फर्छ्रयौट भईसकेको कम्पनीले जनाएको छ । सम्पुर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दावी भुक्तानी ३ कार्य दिन भित्र र सामान्य मृत्यु दावी भुक्तानी ७ कार्य दिन भित्र नै भुक्तानी गर्ने कम्पनीले प्रबन्ध मिलाएको जनाएको छ ।

त्यस्तै, यस अवधिमा ४६ प्रतिशत मृत्यु दावी भुक्तानी तीन दिन भित्र गरेको इन्स्योरेन्सले जनाएको छ । यसै गरी ६७ प्रतिशत निवेदन एक हप्ता भित्र र ८१ प्रतिशत मृत्यु दावी भुक्तानी एक महिना भित्र कम्पनीले गरेको छ । कम्पनी १०० प्रतिशत दावी यथाशिघ्र भूक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरु समयमा उपलब्ध नहुँदा केहि दावी भुक्तानी गर्न ढिलाई भएको कुरा कम्पनीले जनाएको छ ।

दावी भुक्तानी लिनका लागि चाहिने कागजातको बारेमा जानकारी गराउने अभिप्रायले कम्पनीले आफ्नो website मा समेत सूचना सम्प्रेषण गरेको छ । दावी भुक्तानी लिन चाहिने कागजातको बारेमा कुनै जिज्ञासा भए कम्पनीको दावी विभाग, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्न समेत कम्पनी आवहान गरेको छ । सम्पूर्ण कागजात प्राप्त भएको खण्डमा कम्पनीले न्युनतम अवधिमा नै भुक्तानी गर्ने आन्तरिक प्रणालीको विकाश गरिसकेको कुरा कम्पनीले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्रि बनाएको छ । यसै क्रममा कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।

आर्थिक वर्ष २०७९/८० मा ९९.१३ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको छ । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गरेको थियो । प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको र सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता प्रमुख कार्यकारी अधिकृत पराजुलीले व्यक्त गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: