काठमाडौं । एनआईसी एशिया बैंक प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३’द्वारा सम्मानित भएको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट बैंकलाई सम्मानित गरेको हो ।
मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेको भन्दै बैंक सम्मानित भएको बताइएको छ ।
बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी सेवा साइबरसोर्स प्लेटफर्म तथा विभिन्न कार्डहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवाबाट बैंकले ई-कमर्श कम्पनीहरु, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यवसायीक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाइ साइबरसोर्स सेवा उपलब्ध गराएको र मुलुकको बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रुपान्तरण गर्ने गरी अन्य भ्यालु एडेड सेवाहरु उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्डहरु प्रदान गरिएको बैंकले जनाएको छ ।
लाखौं ग्राहकरुमाझ डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ विभिन्न डिजिटल तथा कार्ड सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक तथा मर्चेन्टहरुमा पुर्याउन टेवा पुग्ने विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्