×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया क्यापिटलद्वारा वेब बेस्ड प्ल्याटफर्मको सुरुवात, क्युआर स्क्यान गरी एसआइपीमा सहभागि हुन सकिने

अर्थ सरोकार

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार

PRIME CA

एनआइसी एशिया क्यापिटलद्वारा वेब बेस्ड प्ल्याटफर्मको सुरुवात, क्युआर स्क्यान गरी एसआइपीमा सहभागि हुन सकिने

काठमाडौं । एनआइसी एशिया क्यापिटलले वेब बेस्ड प्ल्याटफर्मको सुरुवात गरेको छ । क्यापिटलले एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको SIP मा सहभागि भएका तथा हुन चाहने लगानीकर्ताहरुलाई झन्झट मुक्त सजिलै लगानी गर्न सकिने गरी Web-based Platform सुरुवात गरेको हो ।

उक्त प्ल्याटफर्म मार्फत लगानीकर्ताहरुले एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका इकाईहरु खरिद, एसआइपी दर्ता, एसआइपीको किस्ता भुक्तानी र आफ्नो लगानी सजिलैसँग निगरानी गर्न सकिने व्यवस्था मिलाएको छ । क्यापिटलले डिजिटलाइज्ड इन्भेष्टमेन्ट इकोसिस्टमको प्रवर्द्धनका साथै नेपाल र विश्वभर रहेका नेपाली लगानीकर्ताहरूलाई लगानीमा पहुँच विस्तार गर्न क्युआर स्क्यान गरी छिटो छरितो र सहज रुपमा एसआइपीमा सहभागि हुन तथा एसआइपी किस्ता भुक्तानी गर्न सकियोस् भन्ने मुख्य उद्देश्यका साथ उक्त वेब बेस्ड प्ल्याटफर्मको सुरुवात गरेको जनाएको छ ।

सो प्ल्याटफर्मले लगानीकर्ताहरूलाई इकाई खरिद गर्न, एसआइपीमा सहभागि हुन सहज हुनुको साथै, एसआइपी भुक्तानी मिति निर्धारण गर्न र नियमित रुपमा आफुले भुक्तानी गरेको रकम तथा प्राप्त योजनाको इकाईको ट्रयक राख्न सहयोग पुग्नेछ । उक्त प्रविधि मैत्री सेवाले आगामी दिनमा खुलामुखी म्युचुअल फण्डको विकास विस्तारमा एक कोशे ढुंगा सावित हुने क्यापिटलको विश्वास छ ।

साथै एनआईसी एशिया क्यापिटललेआफ्नो सेवाग्राहीहरुलाई प्रविधिको प्रयोग मार्झत सहज र सरल रुपमा आफ्नो सेवा आम लगानीकर्ता माझ पुर्याउने लक्ष्य राखेको जनाएको छ । एसआइपीमा सहभागि हुन लगानीकर्ताहरूले https://mutualfund.nicasiacapital.com/ गरी वा क्युआर कोड स्क्यान गरेर सहभागि हुन सक्नेछन् ।

एसआइपी किस्ता e-Sewa, Khalti, Connect IPS, IME Pay /NIC ASIA MoBank मार्फत भुक्तानी गर्न सकिनेछ । साथै एनआईसी डाइनामिक डेप्ट फण्डको एसआईपी सम्बन्धी कुनै जिज्ञासा र थप जानकारीको लागि क्यापिटलको मोवाइल नं. ९८५१३१४५३१ मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: