Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एशिया क्यापिटल र काठमाडौं ल्यानकोबीच ‘आइडिया टु आइपीओ’ सेवा सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौं । एनआइसी एशिया क्यापिटल र काठमाडौं ल्यानकोबीच सम्झौता भएको छ । क्यापिटलको ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत ल्यानकोलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा प्रचलित कानून बमोजिम आइपीओ निष्कासन गर्न परामर्श सेवा उपलब्ध गराउने सम्झौता भएको हो ।

त्यस्तै, आइपीओ निष्काशनका लागि एनआईसी एशिया क्यापिटल र काठमाडौँ ल्यानकोबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

क्यापिटलले ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउने आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

यता, काठमाडौँ ल्यानको प्रा.लि. संगठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यवसायीक घर जग्गा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो । हाल उक्त कम्पनीले भैंसेपाटी, काठमाडौँमा २३ रोपनी क्षेत्रफलमा व्यवस्थित भिलाहरु निर्माण गर्न लागेको छ ।

जस मध्ये पहिलो चरणमा ३३ वटा भिला निर्माण गर्नको लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरी निर्माणको चरणमा रहेका छन् भने दोश्रो चरणमा अपार्टमेन्ट भवन निर्माण गर्न आवश्यक कार्य अगाडी बढाइएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK