×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको एटीएम सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL

अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको एटीएम सञ्चालनमा

१ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले विमानस्थलको आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको हो। यसै गरी, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।

बैंकले यसअघि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा तथा अन्तराष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याइसकेको थियो । साथै, बैंकले रामबजार, पकाडि, सुरुङा, ड्राइभर टोल, मिर्चैया, बेलौरी, कारकाँदो, तुर्तुरे, तौलिहवा, टिकापुर, कुडिया सुस्ता, लमही, मलङ्वा, बौनिया, जीतपुर सिमरा, धुलाबारी, फुलबारीमा पनि नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १६६ एटीएमहरू, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी