×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको मोबाइल बैंकिङबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

PRIME CA

एनएमबि बैंकको मोबाइल बैंकिङबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

९ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनएमबि बैंक र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबीच सम्झौता भएको छ । सम्झौतासँगै अब एनएमबि बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरमै बसी अनलाइनमार्फत तिर्न सक्नेछन् ।

हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाका नगर प्रमुख मिना कुमारी लामा  प्रमुख अतिथिको रुपमा उपस्थित थिइन्। सो कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टबीच सम्झौता आदानप्रदान भएको थियो ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: