×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि क्यापिटलले सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनएमबि क्यापिटलले सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने

Artha Sarokar

१० पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि क्यापिटलले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश पारित गर्नका लागि क्यापिटलले पुष २९ गते वार्षिक साधारणसभा डाकेको छ । सभा  सभा होटल बाराही, त्रिदेविमार्ग, ठमेल, काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ ।

सो सभाले कर सहित १७ प्रतिशत लाभांश पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी