×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ प्रणालीबाट थप १० अर्ब निक्षेप तान्दै नेपाल राष्ट्र बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङ प्रणालीबाट थप १० अर्ब निक्षेप तान्दै नेपाल राष्ट्र बैंक

Artha Sarokar

३ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि गत आइतबार मात्रै १० अर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले मंगलबार पुनः बैंकिङ प्रणालीबाट १० अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकको सूचना अनुसार २०८० पुष ३ गते (मंगलबार) अपराह्न २ बजे अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत १० अर्ब रुपैयाँ निक्षेप संकलनको बोलकबोल हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रामसम्मका लागि आवेदन दिन सक्नेछन् । उक्त निक्षेप संकलनको ब्याज आगामी पुष १७ गते परिपक्व हुनेछ । उक्त निक्षेप संकलनलाई धितोका रुपमा पनि प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी