×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ प्रणालीमार्फत थप ३५ अर्ब तान्दै नेपाल राष्ट्र बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंकिङ प्रणालीमार्फत थप ३५ अर्ब तान्दै नेपाल राष्ट्र बैंक

Artha Sarokar

९ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुनः ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले जारी गरेको ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको पुष ११ गते (बुधबार) बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले पुष ११ गते दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तान्न लागेको उक्त निक्षेपको अवधि १४ दिनको रहनेछ । अर्थात राष्ट्र बैंकले तानेको निक्षेपको साँवा र ब्याज भुक्तानी मिती पुष २५ गते निर्धारण गरिएको छ ।

निक्षेप संकलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरि निष्कासित रकम बराबरको लागि माग गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी