×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पद्मकन्या क्याम्पसद्वारा हल्ट पुरस्कार अभिमुखीकरण कार्यक्रम सम्पन्न, २७ तस्विरमा हेर्नुहोस् कार्यक्रमका झलक (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पद्मकन्या क्याम्पसद्वारा हल्ट पुरस्कार अभिमुखीकरण कार्यक्रम सम्पन्न, २७ तस्विरमा हेर्नुहोस् कार्यक्रमका झलक (फोटो-कथा)

Artha Sarokar

१० पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  पद्मकन्या क्याम्पसका विद्यार्थीहरुले  हल्ट पुरस्कार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन् । विद्यार्थीहरुले पद्मकन्यामा हल्टको इतिहास र हल्टको इतिहाससँगै ३ दिनको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका हुन् । सो कार्यक्रममा ५०० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो अभिमुखीकरण कार्यक्रम सोच-उत्तेजक वक्ताहरू र जीवन्त सत्रहरूले भरिएको परिवर्तनकारी यात्राको सुरुवात भएको क्याम्पस डाइरेक्टर सृष्टि थापा मगरले बताएकी छिन् ।

विद्यार्थीहरुले कार्यक्रमको पहिलो दिन पद्मकन्या क्याम्पसमा हल्टको इतिहास र हल्टको इतिहासबाट कार्यक्रम सुरुवात गरेका थिए । हल्ट प्राइज अनुभवी  स्वप्निल विष्ट र सरिना बुढाथोकीको नेतृत्वमा र सायस्था अधिकारी र समीक्षा पालको पहलमा कार्यक्रम संचालन भएको थियो ।

सो कार्यक्रम एउटा औपचारिक अन्तरक्रिया मात्र नभई नयाँ आशा र उमङ्गको एउटा सुनौलो सुरुवात भएको आयोजकहरु बताउँछन् । यस्तै सो कार्यक्रमका सहभागीहरुका हरेक जिज्ञासाहरुमा स्वप्निल विष्ट जवाफ पनि दिएकी छिन् ।  उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई रोमाञ्चक खेल पनि खेलाइएको थियो । साथै सहभागी, अतिथि र आयोजक समितिबीच अन्तरक्रिया पनि भएको थियो । यसैगरी विद्यार्थीहरुले हल्ट पुरस्कारको पूर्व विजेता सुश्री समीक्षा खड्काको सफलताको कथासहित कार्यक्रम सम्पन्न गरेका थिए ।

यता कार्यक्रमको दोस्रो दिन भने विशेष अतिथि प्रकाश काफ्लेसहित उनका टोलीहरूले आफ्नो यात्रा र अगाडिको भूमिकाबारे विद्यार्थीहरुलाई बताएका थिए । यस्तै विश्वको जल्दाबल्दा समस्याहरू कसरी समाधान गर्नेबारे छलफल हुनुका साथै आगामी यात्रामा आउने सम्भावित समस्यालाई कसरी समाधान गर्ने कुरामा पनि बिशेष छलफलक साथ सो दिन को कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको दोस्रो दिन भने  हल्ट पुरस्कारको क्षेत्रीय प्रबन्धकसँगै देश संयोजकहरूसंग को बिशेष छलफलका साथ सो कार्यक्रम सम्पन्न भएको थियो । सो अभिमुखीकरणमा साथ र सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई आयोजक टिमले धन्यवाद समेत दिएका छन्। बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी