काठमाडौँ । देशकै मुख्य शत्तिपिठका रुपमा प्रख्यात पशुपतिनाथ मन्दिरको बैंक खातामा दुई अर्ब ७८ करोड रुपैयाँ रहेको छ । मन्दिरको उक्त खातामा मौज्दात रहेको रकम भेटी, भाडा तथा बैंक ब्याजबाट संकलन भएको हो ।
मन्दिरको नाममा बैंकमा चल्ती र बचत खातामा ४१ करोड रुपैयाँ रहेको छ भने अक्षयकोष तथा मुद्धति खातामा २ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
मन्दिरको जग्गा प्रयोग गरेबापत नागरिक उड्डयन प्राधिकरणबाट भाडाबापत मन्दिरलाई वार्षिक १ करोड रुपैयाँ आम्दानी हुने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले बताएका छन् ।
खत्रीका अनुसार मन्दिरलाई तारागाउँ विकास समितिबाट पनि वार्षिक ४९ हजार रुपैयाँ भाडावापत प्राप्त हुन्छ । पशुपति क्षेत्र घुम्न आउने पर्यटकबाट मात्रै दैनिक ५ देखि ६ लाख सम्म भेटी संकलन हुने खत्रीले बताएका छन् । मन्दिरले सटर पसल भाडाबाट पनि राम्रै आम्दानी गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्