×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋणबाट जोगिन प्लाष्टिक सर्जरी !

PRIME CA

ऋणबाट जोगिन प्लाष्टिक सर्जरी !

अर्थ सरोकार

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । यसै पनि पछिल्लो समय लिएको ऋण तिर्दिन भन्नेहरुका अनेक बाहना छन् । कसरी हुन्छ आफूले लिएको ऋण तिर्न नपरोस् भनेर ऋणीहरु अनौठा हतकण्डा अपनाइरहेका हुन्छन् । यसैबीच चीनमा ऋण तिर्न नपरोस् भनेर एक महिलाले प्लाष्टिक सर्जरी गरेको घटना बाहिरिएको छ । चीनको वुहान शहरमा बस्ने एक महिलाले ऋण र प्रहरीबाट जोगिन प्लाष्टिक सर्जरी गरेकी हुन् ।

संघाईको वुहानमा बस्ने ती महिलाको नाममा २५ मिलियन युआन अर्थात ३.७१ मिलियन डलर ऋण रहेको थियो । लामो समयसम्म ऋण नतिरेपछि अदातलसम्मै पुगेको उक्त मुद्दामा अदालतले ती महिलालाई ऋण तिर्न आदेश दिएको थियो । तर, ऋण तिर्ने आदालतको आदेश र प्रहरीबाट जोगिन ती महिलाले प्लाष्टिक सर्जरी गरेर आफ्नो भेष नै बदलेकी हुन् ।

५९ वर्षीय ती महिलाले प्लाष्टिक सर्जरी गरेपछि उनलाई खोज्न प्रहरीलाई पनि निकै सास्ती भएको थियो । तर, गोप्य सूचना र लामो समयको निगरानीपछि अन्ततः प्रहरीले ती महिलालाई पक्राउ गरेको छ ।

हाल आर्थक मन्दीका कारण चीनमा ऋण नतिर्नेहरु बढेपछि सरकारले नै ऋण तिराउने अभियान सुरु गरेको छ । सोही अभियान अन्तर्गत चीनमा हालसम्म ऋण नतिर्ने करिब २०० जनालाई पक्राउ गरिसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: