×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

Artha Sarokar

८ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा उपमहानगरपालिका वडा नं. ७ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. १३ बालकोट बस्ने २५ वर्षीय प्रदिप बुढाथोकी पक्राउ परेका हुन् ।
उनले कल्पना विश्वकर्मालाई पोल्याण्ड पठाईदिने भन्दै १ लाख ८० हजार रुपैयाँ ठगी गरेका हुन् । बुढाथोकीले पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने, मासिक १ लाख २० हजार तलब हुन्छ भन्दै विश्वास दिलाई प्रलोभनमा परेका थिए ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. ३१ नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी