Skip to content
LAXMI SUNRISE BANK

प्रभु क्यापिटलका हितग्राहीलाई सिटी हस्पिटलको सेवामा विशेष छुट

अर्थ सरोकार

काठमाडौं । प्रभु क्यापिटल र सिटी हस्पिटलबीच छुट सम्झौता भएको छ । क्यापिटलले आफ्ना हितग्राही ग्राहकलाई भैरहवा सिद्धार्थनगरमा रहेको सिटी हस्पिटलको सेवा सुबिधामा छुट उपलब्ध गराउन उक्त सम्झौता गरेको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन प्रमुख बसन्ता उपाध्याय तथा सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु क्यापिटलका डिम्याट ग्राहकले लुम्बिनी रोड भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलबाट चिकित्सा सेवा लिदाँ हस्पिटलले दिँदै आएको OPD Tickets, Lab Investigation, X-Ray/USG/ECG, General Bed Charge, Cabin/ICU/NICU/CCU, Operation Charge, CT Scan, Physio Therapy आदि सेवाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

ग्राहकले आफ्नो डिम्याट कन्फरमेशन तथा परिचय पत्र देखाई अस्पतालबाट पाउने प्रिभिलेज कार्ड मार्फत सो अफरको लाभ लिन सक्नेछन् । प्रभु क्यापिटलमा हितग्राही खाता खोल्ने सुविधा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध छ ।

‘बिरामीहरुको सुविधालाई ध्यानमा राखि स्वास्थ्य सेवाको पहुँच आम समुदायमा पुर्याउने उद्देश्यका साथै राम्रो उपचारका लागि आत्तिएर काठमाण्डौ, चितवन तथा छिमेकी मुलुक भारत जानुपर्ने वाध्यतालाई चिर्दै यस सिद्धार्थनगर सिटी हस्पिटलले सम्पुर्ण सेवाहरु प्रदान गरेको छ तसर्थ यो क्षेत्रमा भएका प्रभु क्यापिटलका सेवाग्राहीलाई समेत यो योजनाको लाभ लिन आब्हान गर्दछु’ अस्पतालका विजनेश म्यानेजर पंकज कुमार पाण्डेयले भने ।

सिटी हस्पिटलले विशेषज्ञ डाक्टरहरूको टोलीले उत्कृष्ट स्वास्थ्य सेवाहरू प्रदान गर्दै आईरहेका छन् । १०० शैयाको यो हस्पिटलमा २४सै घन्टा आपतकालीन सेवा, ओटी, ओपीडी, प्रयोगशाला, क्याथल्याब, सीटी-स्क्यान, डिजिटल एक्स-रे, फिजियोथेरापी, डायलासिस लगायत विभिन्न सेवाहरूका साथै जनरल आईसीयू, सीसीयू, न्यूरो सर्जरी आईसीयू र क्याविन सुविधाहरू छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK