काठमाडौँ । प्रभु हेलिकप्टरले आईपीओ जारी गर्ने भएको छ । प्रभुले सर्वसाधारणका लागि साढे ६ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नका लागि प्रभुले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।
बिक्री प्रबन्धक नियुक्तिको सम्झौता पत्रमा प्रभु हेलिकप्टरका तर्फबाट सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।