×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु हेलिकप्टरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL

प्रभु हेलिकप्टरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

५ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडलेआईपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड ६० लाख रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता सेयर जारी गर्ने भएको हो ।

आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि हेलिकप्टरले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । पौष ४ गते आयोजित एक कार्यक्रममा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कम्पनी पर्यटन तथा नागरिक उडायन क्षेत्रमा सन् २००९ मा स्थापना भएको हो । हाल यस कम्पनीले विश्वको प्रख्यात Airbus Company द्वारा निर्मित Airbus H125 र अमेरिका तथा अन्य विश्वमा अति विश्वसनीय कम्पनी Robinson Helicopter Company द्वारा निर्मित Robinson R66 जस्ता नयाँ ब्रान्डेड हेलिकप्टरहरु द्वारा गुणस्तरीय र सुरक्षित हवाई सेवा प्रदान गरिरहेको छ ।

कम्पनीले पर्यटन क्षेत्रमा थप सेवाहरुको लागि बढ्दो आवश्यकता पूरा गर्न आगामी वर्षमा थप २ वटा नयाँ हेलिकप्टर सञ्चालनमा ल्याउने योजना भएको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी