काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले एनसेलको सेयर खरिदबिक्री प्रक्रियामा कैफियत रहेको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले एनसेलबारे उठेका प्रश्नहरुको जवाफ दिँदै यस्तो बताएका हुन् । उनले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया स्वभाविक नभएको बताएका छन् ।
उनले एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्री प्रक्रियामा कहिँ न कहिँ गडबडी भएको आशंका गरेका छन् । र यसबारे सरकारले चासोका साथमा अनुसन्धान गरिरहेको र आफूले पनि निष्पक्ष जाँच गर्न निर्देशन दिइसकेको प्रधानमन्त्रीले बताएका छन् ।
साथै प्रधानमन्त्री प्रचण्डले सेयर खदिबिक्रीमा कैफियत पुष्टि भए कानुनअनुसार कारवाही गरिने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
छानबिन गर्न गठित टंकमणि शर्मा दंगालले संयोजक रहेको समितिले आइतबादेखि नै काम सुरु गरिसकेको पनि दाहालले जानकारी दिँदै प्रधानमन्त्री दाहालले दाहालले एनसेल प्रकरणमा दोषी पाइएकालाई कानूनी कारबाही गर्न आफू पछि नहट्ने पनि बताएका छन् ।
त्यस्तै, बैठकमा सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले तत्कालका लागि एनसेलको सेयर खरिदबिक्री रोकिएको जानकारी दिएकी छिन् । सेयर खरिदबिक्री गर्नुपूर्व कम्पनीले लिनुपर्ने नियामकीय स्वीकृति नलिएको थाहा पाएपछि मन्त्रीपरिषद् बैठकले एनसेलेको सेयर खरिदबिक्री तत्कालका लागि रोकेको मन्त्री शर्माले बताइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्