काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित कुम्भेश्वर माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सव स्वर्णजयन्तीमा डा. महतले यस्तो बताएका हुन् ।
‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन ।’ उनले भने ‘शिक्षाको मन्दिरको प्राङ्गणमा उभिएर प्रविधिको विकाससँगै हामीले आफूलाई अगाडि सार्नुपर्यो, शिक्षक साथीहरुलाई मद्दत गर्न अनुरोध गर्न चाहन्छु । राजधानी काठमाडौं नजिक भएर नुवाकोट पछि पर्यो, हुने खाने पनि काठमाडौंतिरै बसाइ सरे । शिक्षामा कसैले वास्ता गरेन । जसले गर्दा नुवाकोट धेरै पछाडि पर्यो ।’
‘म अप्ठ्यारो समयमा अर्थमन्त्री भएको छु, बजेट सीमित थियो, अनावश्यक ठाउँमा धेरै खर्च भएको थियो, बाटो सुविधा भयो भने उत्पादन बढ्छ । त्यो किसिमको प्राथमिकता हामीले दिइरहेका छौं’, महतले भने, ‘समर्पण र इमान्दारका साथ काम गर्ने कोशिस गरिरहेका छौं । मेरो मन नुवाकोटमै छ, मेरो क्षमताले भ्याएसम्म काममा लागिरहन्छु ।’
काठमाडौंसँग सडक सञ्जाल जोडिएपछि सहर नुवाकोटमै बन्ने, लगानी भित्रिने, जग्गाको मूल्य वृद्धि हुनुका साथै स्थानीयको आम्दानी पनि बढ्ने महतले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्