काठमाडौँ । नेपाल जेसिस बर्ष २०२४ को राष्ट्रिय अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न जेसीजको ५०औँ महाधिवेशनबाट रविन पोख्रेल बर्ष २०२४ का लागि राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन् ।
पोखरेल आफ्ना प्रतिस्पर्धी रजनी थापालाई ८४ मतले पछि पार्दै जेसीज अध्यक्षमा निर्वाचित भएका हुन् । रजनीले कुल ४२६ मत पाउँदा पोखरेलले भने ५ सय १० मत पाएका छन् ।
त्यस्तै, जेसीजको कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भीम कुँवर (राजु), सिनेटर सन्दीप अग्रहरी निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा सरोज अधिकारी, कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा र कोषाध्यक्षमा खेमराज थापा मनोनित भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा अमर घिमिरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सिता कुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय, गणेश सापकोटा र अचुत उप्रेती आयुष निर्वाचित भएका छन् । उनीहरुले पद तथा गोपनियताको सपथ ग्रहण पनि गरिसकेको छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्