×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शर्ट भिडियो सेयरिङ प्लेटफर्म ‘रमाइलो’ अव आइफोनमा पनि

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

शर्ट भिडियो सेयरिङ प्लेटफर्म ‘रमाइलो’ अव आइफोनमा पनि

२२ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छोटो समयमै प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको नेपाली शर्ट भिडियो से यरिङ प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप अव आइफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताले आफ्नो एप स्टोरबाट डाउनलोड गरी चलाउन सकिने रमाइलो एपका सह(संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) गृहेन्द्र घिमिरेले जानकारी दिए ।

यसअघि रमाइलो एप एन्ड्रोइड मोबाइल फोन प्रयोगकर्ताहरूले मात्र प्रयोग गर्न पाउने गरेकोमा अव भने आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको हो ।

टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियोहरू सेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप एन्ड्रोइड भर्सनमा करिब दुई सातामै एक लाख भन्दा बढीपटक डाउनलोड भएको छ । आईफोन प्रयोगकर्ताहरूले पनि यो एप रुचाउने विश्वास लिइएको सीईओ घिमिरे बताए । ‘आईफोन प्रयोगकर्ताहरूले रमाइलोबारे धेरै नै चासो देखाउनुभएको छ । उहाँहरूका लागि पनि अब एप उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं,’ उनले भने ।

रमाइलो एपको एन्ड्रोइड भर्सनमा दैनिक करिब एक लाख सक्रिय प्रयोगकर्ता रहेको उनले जानकारी दिए ।

पछिल्ला दिनमा निकै रुचाइएको यस एपमा सुधार भइरहेको कम्पनीले जनाएको छ । एप सार्वजनिक गरेको आईडिया जार कम्पनीले एपलाई परिस्कृत गर्दै गइरहेको छ । एपमा अहिले डार्क मोड, शर्ट्स लगायत अन्य फिचर थपिएको घिमिरेले जानकारी दिए । यसबाहेक आफ्ना साथीसँग कुरा गर्न मिल्ने, लाइभ बस्न मिल्ने तथा आईडी भेरिफाइड गर्ने जस्ता फिचरहरू सार्वजनिक गरिएको छ ।

कम्पनीले प्रयोगकर्ताहरूबाट सुझावहरू संकलन गरिरहेको र सोही अनुसार सुधार गर्दै लगेको जानकारी दिएको छ । रमाइलो एप http://bit.ly/3RyjaOs लिंकमा क्लिक गरी गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: