×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल नियुक्त

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल नियुक्त भएका छन् । कम्पनीको २३०औं संचालक समितिको बैठकले पौडेललाई सर्व–सम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

उनलाई डेप्युटी गभर्नर  बम बहादुर मिश्रले अध्यक्ष पदको सपथ ग्रहण गराएका हुन् । नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।

पौडेलको केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी