Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय बीमाका सीईओ शेखर बरालको राजीनामा स्वीकृत

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको सीईओ शेखर बरालको राजीनामा स्वीकृत भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बरालको राजीनामा स्वीकृत गराएको हो ।

बरालले गत मंसिर १२ गते कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायसमक्ष राजीनामा दिएका थिए । उनको राजीनामा मंसिर १५ गतेबाट लागू हुने गरी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

यस्तै, बरालले व्यक्तिगत कारणले आफूले राजीनामा दिएको बताएका छन् । यसैबीच सञ्चालक समितिको बैठकले शुक्रबारबाट लागू हुने गरी कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सुबास कोइरालालाई दिने निर्णय गरेको छ ।

कोइराला राष्ट्रिय बीमा कम्पनीका नायब सीईओ हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK