×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणगढ-बुटवलखण्डमा रास्वपाको तीन दिने पैदल यात्रा, पार्टीको झण्डा, लोगो र टिसर्ट प्रयोग गर्न नपाइने !

PRIME CA

नारायणगढ-बुटवलखण्डमा रास्वपाको तीन दिने पैदल यात्रा, पार्टीको झण्डा, लोगो र टिसर्ट प्रयोग गर्न नपाइने !

९ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायणगढ-बुटवल सडक खण्डमा ‘दबाब यात्रा’ गर्ने भएको छ । रास्वपाले सोमबार बिहान ९ बजे चितवनको नारायणगढ पुल्चोकबाट यात्रा सुरु गर्दैछ ।

सोमबारदेखि सुरु हुने उक्त ‘दबाब यात्रा’ तीन दिनको हुनेछ । तीन दिनमा नारायणगढ-बुटवलसम्म ११३ किलोमिटर दुरी पैदलयात्रा गरिने रास्वपाले जनाएको छ । लामो समयसम्म पनि निर्माणाधीन सडकको काम नसकिएपछि दबाब स्वरुप नारायणगढ-बुटवल पैदल यात्रा गर्न लागेको जनाएको छ ।

‘पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायण-बुटवल सडक खण्डको स्तरोन्नतीमा भइरहेको विलम्ब र अहिले यात्राक्रममा नागरिकले भोग्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु यात्राको मुख्य उद्धेश्य हो ।’, रास्वपाले भनेको छ ।

यात्रामा पार्टी सभापति रवि लामिछानेसहित पार्टीका नेता, सांसद तथा कार्यकर्ता सहभागी हुने रास्वपाले जनाएको छ । पार्टीका अनुसार यात्रामा सहभागीले पार्टीको झण्डा, लोगो तथा टि-सर्ट प्रयोग गर्न पाउने छैनन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: