×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा जलविद्युतले हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित डाक्यो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सगरमाथा जलविद्युतले हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित डाक्यो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?

Artha Sarokar

३ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनी हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

कम्पनीले उक्त हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित पुष २५ गते साधारणसभा बोलाएको छ । सभा कुण्डलिनी दरबार ब्यांक्वेट चण्डोल काठमाडौंमा अपरान्ह १ बजेबाट सुरु हुने जनाईएको छ । सभामा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ भने आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि एजेण्डा छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेण्डा समेत रहेको कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ११ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी