काठमाडौं। सजिलो ब्रोकर लिमिटेड (ब्रोकर नं.९०) को कारोबार सोमबारबाट सुरु भएको छ ।
पाँच जना कन्याहरुले सजिलो ब्रोकरमा टिएमएस खाता र डिपी खाता खोली आआफ्नो नाममा सेयर खरिद गरी कारोबार सुरुवात गरेका हुन् । जसमध्ये पहिलो कारोबार पाटनकी जीवीत देवी (कुमारी) निहिरा बज्राचार्यको नामबाट भएको छ ।
उनको नाममा किनिएको कुमारी बैंकको सेयर खरिद गरी सामाजिक उत्तरदायित्व अन्तर्गत भेटी स्वरुप चढाइएको छ ।
खुला अर्थनीति र पूँजीबजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति अनुसार नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स खुला गरेको थियो । सोही क्रममा सजिलो ब्रोकरले पनि सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीको प्रधान कार्याय ललितपुरको झम्सिखेलमा रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्