काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ बिन्दुमा पुगेको हो ।
बिहीबार नेप्सेमा कुल २९९ कम्पनीको ९५ लाख ५ हजार ६ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ७९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार एक सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा त्रिसुली जल विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा समाज लघुवित्त वित्तीय संस्था, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड-२, आशा लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार एक सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सिटिजन्स लाइफ इन्स्योरेन्स, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, माउनटेन इनर्जी नेपाल, ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमोटर सेयर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा मन्दाकिनी हाइड्रोपावर, विजय लघुवित्त वित्तीय संस्था, मेंछियम हाइड्रोपावर र सिटिजन्स लाइफ इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्