×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारले ‘करको डर’ पचायो, साँढे ५ महिना यताकै ठुलो कारोबारपछि ‘मिनी बुल’को कन्फर्मसन, अव के हुन्छ ?

PRIME CA

सेयर बजारले ‘करको डर’ पचायो, साँढे ५ महिना यताकै ठुलो कारोबारपछि ‘मिनी बुल’को कन्फर्मसन, अव के हुन्छ ?

१ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अपेक्षित घटोत्तरीलाई माथ खुवाउँदै साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उत्साहजनक रुपमा बढेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले ठुलो परिणाममा कर तिर्नुपर्ने बाध्यताका बीच सेयर बजारमा करेक्सन आउन सक्ने अनुमानलाई गलत सावित गर्दै बजार राम्रो कारोबार रकमसहित बढेको छ ।

बजार बढोत्तरीले बजार ‘मिनी बुल’को तयारीमा छ भन्ने प्रष्ट संकेत गरेको जानकारहरु बताउँछन् । सेयर बजारका जानकारहरुले आइतबारसमेत बजार बढेर बन्द भए त्यसले बुलको संकेत गर्ने दाबी गरेका थिए । अन्ततस् बजारमा पनि त्यहि दृश्य देखिएको छ ।

सेयर बजार विश्लेषक रामहरि नेपालले आइतबार पनि बजार बढेको खण्डमा आगामी बजारको यात्रा सुखद हुने तर्क शुक्रबार नै गरेका थिए । अर्थ सरोकारको साप्ताहिक कार्यक्रम ‘घटना र बजार’मा बोल्दै उनले आइतबार बजार बढेको खण्डमा बजारको आगामी यात्रा सुखद् हुने संकेत रहेको दाबी गरेका थिए । अर्का प्राविधिक विश्लेषक बिमोद देव पन्तले पनि करको भय पनि बजारले पचाएको खण्डमा बजारको आगामी यात्रा सुखद् रहने बताएका थिए । अन्तत: यस्तै भएको छ । बजारको बढोत्तरीले बजारले अव मिनी बुलको यात्रा सुरु गरेको संकेत देखाएको छ ।

आइतबार नेप्से परिसूचक २७.७५ अंक बढेर २०२२.३५ विन्दुमा पुगेको छ । नेप्सेसँगैकारोबार रकमकोसमेत बढोत्तरीले बजारको सुखद् यात्राको थप संकेत गरेको छ । आइतबार यस दिन २९५ कम्पनीको १ लाख १ हजार १२८ पटकको कारोबारमा ५ अर्ब १५ करोड ७८ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन कारोबार रकम साँढे ५ महिना यताकै उच्च हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: