Skip to content
LAXMI SUNRISE BANK

बुटवलमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका कर्मचारी मृत फेला

अर्थ सरोकार

काठमाडौँ । बुटवलमा बैंकका कर्मचारी मृत फेला परेका छन् । सोमबार बुटवलको फूलवारीमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा कार्यरत कर्मचारी मृत फेला परेका हुन् ।

बुटवलको फूलवारीस्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डिएको अवस्थामा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार मृत फेला परेका शर्माले सोमबार बिहान फूलवारीको एक रेष्टुरेन्टमा खाजा खाएका थिए । त्यसको केही समयपछि पार्कको एकान्त स्थानमा उनी मृत फेला परेका हुन् ।

शर्मा मृत फेला परेपछि घटनास्थपमा ‘क्राइम सिन’ बनाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK