काठमाडौं। शिवम् सिमेन्ट लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको पुष ३ गते मंगलबार बसेको संचालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ ।
यता लाभांश पारित गर्न कम्पनीले पुष २७ गते साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुष १८ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ । तसर्थ, पुष १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन पाउने छन् ।
गत वर्ष कम्पनीले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्