×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् होल्डिङ्सले आईपीओ निष्कासन गर्ने, धितोपत्र निष्कासन गर्न सिद्धार्थ क्यापिटलसँग सम्झौता

PRIME CA
GLOBAL IME BANK

शिवम् होल्डिङ्सले आईपीओ निष्कासन गर्ने, धितोपत्र निष्कासन गर्न सिद्धार्थ क्यापिटलसँग सम्झौता

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । शिवम् सिमेन्ट्सको सहायक कम्पनी शिवम् होल्डिङ्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने एक सय रुपैयाँ दरको १ करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । जसको लागि संस्थाले नेपाल धितोपत्र बोर्डको स्वीकृतिको लागि प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीका सञ्चालक तथा अध्यक्ष शिवरतन शारदाको उपस्थितिमा कम्म्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ । सो सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स-साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।

त्यस्तै, कम्पनीको अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोडरुपैयाँमध्ये संस्थापकतर्फ ८० प्रतिशत अर्थात् ४ अर्ब ६४ करोड रुपैयाँ र सर्वसाधारणतर्फ १ अर्ब १६ करोड रुपैयाँ सेयरपूँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।

कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत सेयर लगानी करिब ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा रहेका व्यक्तिहरुको व्यक्तिगत करिब १५ प्रतिशत लगानी रहेको छ । कम्पनीले आफ्नो सेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफा समेत प्राप्त गरेको छ ।

कम्पनीले सेयर जारी गरी सर्बसाधारणबाट संकलन हुने प्रिमियम मूल्यसहितको रकम हाइड्रोपावर, बैंक तथा वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य क्षेत्रमासमेत लगानी विस्तार गर्ने योजना रहेको बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: