Skip to content
LAXMI SUNRISE BANK

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले सेयरधनीलाई नगद लाभांश दिने

अर्थ सरोकार

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश दिने भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५.०५ प्रतीशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले नगद लाभांश वापत ४ करोड ९५ लाख ७५ हजार १ रुपैयाँ बाँड्ने भएको छ । उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृत र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।

गत वर्ष कम्पनीले २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK