×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइसरबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइसरबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

Artha Sarokar

२० मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइशरबीच क्यासलेस इन्स्योरेन्स सम्झौता भएको छ । आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लु कमार्सिअल भेईकल प्रालि.ले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो ।

टंगालस्थित बतास एमएडब्लु प्रा. लि.का तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, बतास एमएडब्लु कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका तर्फबाट मार्केटिंग हेड रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थितिमा काठमाण्डौँस्थित बतास एमएडब्लु को मुख्य कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

क्यासलेस योजना मार्फत दुर्घटना भएको खण्डमा आइशर मोटर्स गाडीका खरिदकर्ताहरू बतास एमएडब्लुका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् ।

क्यासलेस इन्स्योरेन्स अन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ, बाँकी रकम बिमा कम्पनी र बतास एमएडब्लुबीच कारोबार हुनेछ ।

दुर्घटना कुनै पनि बेला हुन सक्ने र दुर्घटना भएपछि हुने पीर, चिन्ता र तनावलाई केहि हदसम्म घटाउनलाई यो क्यासलेस इन्स्यारेन्सले मद्दत गर्ने कम्पनीको विश्वास छ । साथै ग्राहकले दुर्घटनापछि दाबी रकम इन्स्योरेन्स कम्पनीहरुले दिदैनन् कि भन्ने मानसिक तनावबाट पनि मुक्त हुने र ग्राहकहरुले आफूले पाउने पैसा बिना झन्झट छिट्टै पाउने तथा छिट्टै मर्मतसम्भार सकेर आफ्नो गाडी सडकमा लिएर निस्किन सक्ने अवस्था हुन्छ ।

योसँगै सुरक्षाको दृष्टिकोणले आधिकारिक सर्भिस सेन्टरमा बनाउँदा दक्ष मेकानिकको निगरानीमा मर्मत हुने हुँदा सुरक्षित हुने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बताए ।

यसअघि आइशरले आफ्ना ग्राहकहरूलाई लक्षित गरी प्रत्येक गाडीको खरिदमा चालकलाई रु. २५ लाखको आकस्मिक बिमा उपलब्ध गराउँदै आइरहेको छ। ग्राहकहरूको आवश्यकतालाई महसुस गर्दै यस किसिमका समयसमपेक्ष कार्यक्रम ल्याउने गरेकै कारण आजको दिनमा आइशर नेपालसहित विश्वबजारमा ग्राहकको पहिले रोजाई बन्दै आइरहेको कम्पनीले दावी गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी